newskoseli.Com

जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम

हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।

जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरू वर्षमान पुन, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत, धनीराम पौडेललगायत पनि उपस्थित भए ।

अध्यक्ष ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा गीत गाउँदागाउँदै बेहोस भएका पाख्रिनको उपचार गर्न लैजाने क्रममा मंसिर ५ मा चितवनमा निधन भएको थियो । पूर्वसभासद् समेत रहेका पाख्रिनले वि.सं. २०३८ देखि निरन्तर जनवादी गीत रच्दै र गाउँदै आएका थिए ।

र, यो पनि पढ्नुहोस्–
पाख्रिन दाइसँगको अन्तरंग : ६ वर्षअघिको संस्मरण…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर