newskoseli.Com

ट्राफिक प्रहरीको बिलौनाः ‘तलबले लुगा धुने कि पेट पाल्ने ?’

न धुलो न धुवाँ, न घाम न पानी– सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।

राजधानीसहित देशका अधिकांश सहरमा खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम–पानी, धुवाँ–धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो–धुवाँले गर्दा काम गर्न समस्या परेको बताउँछन् थानकोटमा कार्यरत एक प्रहरी जवान ।

“धुवाँ र धुलोले गर्दा एक जोर कपडा एक दिनभन्दा दुई दिन लगाउनै मिल्दैन”– उनी भन्छन् । हप्ताको तीन जोर कपडा फेर्ने गरेको बताउँछन् दरबारमार्गमा कार्यरत अर्का जवान । “तलबको पैसाले कपडा धुने कि परिवार पाल्ने कि औषधोपचार गर्ने रु” उनले प्रश्न गरे ।

यी त केवल प्रतिनिधमूलक घटनाका केही पात्र मात्र हुन् । तल्लो तहका अधिकांश कर्मचारी भने तलब थोरै र काम धेरै गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै काम गर्दै आएका छन् ।

अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घन्टादेखि अधिकतम १६ घन्टासम्म काम गर्दै आएको बताउँछन् महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी । “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक बढी नै खटिनुपरेको छ”– उनी भन्छन् ।

एउटा ट्राफिक प्रहरी जवानले मासिक तलव १७ हजार २ सय ३० रूपैयाँका साथै १ हजार भत्ता पाउँदै आएका छन् । वि।सं। २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०र०७१ मा १५ प्रतिशत कमिसन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।

ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको व्यापक गुनासो आएपछि गृह मन्त्रालयले वि।सं। २०७४ जेठमा १५ प्रतिशत कमिसन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो । गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन ।

ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउँछन् अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हाल मुलुकमा झन्डै २८ लाख साना–ठूला सवारी साधन भएकामा काठमाडौं उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४ सय ७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । ती सवारी साधन व्यवस्थापनका लागि अहिले मुलुकभर ३ हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।

ट्राफिक प्रहरीको दरबन्दी २ हजार ३ सय ६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउँछन् नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने । “ट्राफिकको काम सवारी साधन व्यवस्थापन मात्र भए पनि सबै काम गर्नुपरेको छ”– उनी भन्छन् । काममा खटिने ट्राफिकलाई एक छिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानी समेतको व्यवस्था नभएको उनको भनाइ छ ।

उपत्यकामा १ हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा २ सय ९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४ सय २, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २ सय ७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १ सय ९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १ सय ३३ ट्राफिक प्रहरीको दरबन्दी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर