newskoseli.Com

दक्षिण कोरियाको सत्तारुढ दलले गुमायो बहुमत

सोल, २ वैशाख ।

दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ ।

हिजो भएको निर्वाचनमा राष्ट्रपति पार्क गेयुन हेइएको साएनुरी पार्टीले बहुमत हासिल गर्न नसकेको हो । हालसम्म सम्पन्न ८५ प्रतिशत मतगणनामा साएनुरी पार्टीले ३ सय सिटमध्ये १ सय २४ सिट प्राप्त गरेको छ । त्यसैगरी विपक्षी मिनजु पार्टी १ सय २३ सिटमा विजयी भएको छ ।

मत सर्भेक्षणअनुसार राष्ट्रपति पार्क गेयुन हेइको साएनुरी पार्टीले बिपक्षीभन्दा बढी मत प्राप्त गरे पनि बहुमत भने गुमाएको छ । यसअघिको निर्वाचनमा राष्ट्रपतिको पार्टीले झिनो बहुमत हासिल गरेको थियो ।

बहुमत प्राप्त नभएको खण्डमा राष्ट्रपति पार्कलाई पदमा निरन्तरता दिन समस्या हुने छ । उनको पार्टीले बहुमत प्राप्त गर्न नसके बाँकी रहेको २० महिने कार्यकालमा श्रम र आर्थिक सुधारका कार्यक्रमलाई अगाडि बढाउन संसद्को सहयोग प्राप्त गर्नुपर्ने छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर