newskoseli.Com

कृतिः ‘ऋतु फेरिँदै जान्छ’ भित्र ‘फेरिएको ऋतु’… !

नेपाली साहित्यमा विगत चार दशकदेखि सक्रिय इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को नवौं कृतिका रुपमा २५ वटा कथाहरुको संकलन ‘ऋतु फेरिँदै जान्छ’ प्रकाशित भएको छ ।

रत्न पुस्तक भण्डारबाट प्रकाशित यस कथासंग्रहमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ का धेरैजसो २०६० पछि लेखिएका कथाहरु संग्रहित छन् । इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ ले धेरैजसो कथाहरु लेखे तापनि उनी कविता, गीत, गजल, उपन्यास, समीक्षा, संस्मरण आदिको लेखनमा पनि सक्रिय रहेका छन् ।

यसअघि नै उनका कथासंग्रह, कवितासंग्रह, उपन्यास, अन्तर्वार्ताको संगालो आदि प्रकाशित भैसकेका छन् । उनले आधा दर्जनभन्दा बढी साहित्यिक पत्रिकाको सम्पादन पनि गरिसकेका छन् ।

कथाकार सरितका पूर्वप्रकाशित कथाहरुको तुलनामा विल्कुलै पृथक् कथाहरु यस संकलनमा संग्रहित छन् । सरितका यसअघिका कथाहरु सामाजिक यथार्थवादी हुने गरेकामा ‘ऋतु फेरिँदै जान्छ’ मा संग्रहित कथाहरु प्रगतिवादी विचारका दृष्टिले स्पष्ट छन् र अधिकांश कथाहरु समाजवादी यथार्थवादी छन् ।

विशेषतः कथाहरुको पृष्ठभूमि जनयुद्ध र जनान्दोलन रहेको छ । करिव १० वर्षको क्यानभासमा फैलिएका कथाहरुको अध्ययनले हामीलाई फेरि एक पटक तत्कालीन समयमा पुर्‍याउँछ । अन्याय–अत्याचारका विरुद्ध उठेका मुठ्ठीहरु, न्याय प्राप्तिका लागि भएका जीवनका उत्सर्गहरु, सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि भएका अथक संघर्ष, वलिदानका गाथाहरुसँगै त्यस बेलाका डर र त्रासहरुसँग सरितका कथाहरुमार्फत फेरि एकचोटि जम्काभेट हुन्छ ।

कतै विद्रोहको ज्वाला भेटिन्छ, कतै आशाको समुद्र भेटिन्छ त कथा पढ्दै जाँदा कतै पीडा र रोदनका मर्मस्पर्शी मोडहरु पनि भेटिन्छन् । कथानक तत्त्व, चरित्रचित्रण, माझिएको भाषाशैली एवं मनोहारी शैलीले सरितका कथाहरु समसामयिक, हृदयस्पर्शी, मार्मिक र समयका दस्तावेज बनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर