newskoseli.Com

ब्ल्याकबोर्डमा कम्प्युटर पढाएको फोटो ‘भाइरल’, माइक्रोसफ्टले दियो ‘डिभाइस’ हरु…

एक शिक्षकले कम्प्युटरविनै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन माध्यमहरुमा निकै चर्चिक बनेको छ ।

घाना कुमासीका शिक्षकले निकै मेहनेतपूर्वक कालोपाटीमा ‘माइक्रोसफ्ट वर्ड’ प्रोग्रामका चित्रहरू बनाए । ‘घानाको स्कुलमा सूचना प्रविधिको पढाइ निकै रमाइलो भयो’– ती तस्बिर फेसबुकमा पोस्ट गरेर उनले लेखे ।

ती तस्बिरहरुको पटक ‘सेयर’ भएपछि रिचार्ड अपिया ओकोटो नामका ती शिक्षकलाई माइक्रोसफ्टले कम्प्युटर डिभाइसहरु प्रदान गरेको छ ।

अफ्रिकी सञ्चार माध्यम क्वार्जले जनाए अनुसार ओउरा क्वाजो उपनामका ती शिक्षकले फेसबुकमा लेखेका छन्– ‘म मेरा विद्यार्थीहरुलाई धेरै माया गर्छु, त्यसैले मैले जानेका कुरा उनीहरुले बुझून् भन्ने चाहन्छु ।’

क्वार्जका अनुसार ओकोटोले पढाउने स्कुलमा सन् २०११ देखि कम्प्युटर नै छैनन् । तर, यहाँका विद्यार्थीहरुले सूचना प्रविधि विषयमा उत्तीर्ण गर्नका लागि यो पढ्नैपर्ने बाध्यता छ ।

सामाजिक सञ्जालमा फेब्रुअरीको मध्यतिर यी तस्बिर भाइरल भएपछि ती शिक्षकको पेशाप्रतिको लगावको धेरैले प्रशंसा गरेका छन् । ‘मैले पहिलोपटक यस्तो चित्र बनाएको होइन, म कक्षाकोठामा भएका बेला जहिले पनि बनाउनुपर्छ’– ओकोटोले क्वार्जसँग भनेका छन् ।

‘म फेसबुकमा फोटो पोस्ट गर्न मन पराउँछु, अरुजस्तै यो फोटो पनि सेयर गर्नुपर्छ भन्ने लाग्यो’, उनले भनेका छन्– ‘तर मलार्इ थाहा थिएन, यसले यसरी मानिसहरुको ध्यान आकर्षित गर्छ भनेर ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर