newskoseli.Com

माअाेवादी केन्द्रमा पदीय सकस

एकीकृत नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) काे रामबहादुर थापा पक्ष, नेकपा (माअाेवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वकाे माअाेवादीबाट गएकाे तिलक परियार नेतृत्वकाे समूहबीच एकता भर्इ बिहीबार गठन भएकाे नेकपा (माअाेवादी केन्द्र) मा पदीय भागबन्डाकाे सकस उत्कर्षमा पुगेकाे छ ।

यसै वर्षभित्र महाधिवेशन अायाेजना गर्ने घाेषणा गरेर ६ सय ९९ सदस्यीय महाधिवेशन अायाेजक समितिकाे रूपमा बनाइएकाे जम्बाे केन्द्रीय समितिकाे बैठक पार्टी मुख्यालयका कुनै पनि हलमा नअट्ने भएपछि राजधानीकाे बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा अाइतबार महाधिवेशन अायाेजक समितिकाे पहिलाे बैठक सुरू भएकाे छ । माअाेवादी केन्द्रमा झन्डै १ सय सदस्य थप्ने लफडा बाँकी नै छ । याे लफडा टुंग्याएर पदाधिकारी चयन तथा जिम्मेवारी बाँडफाँट र कार्यक्षेत्र निर्धारणकाे निर्णय यसै बैठकले गर्ने बताइएकाे छ ।

यसअघि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ वटा पदमा झन्डै १ दर्जन नेता समेटेर पदाधिकारी टिम बनाएकाे एमाअाेवादीले एकतापछिकाे नयाँ माअाेवादी केन्द्रमा भने झन्डै अाधा दर्जन पदाधिकारी थप्ने तयारी गरेकाे छ । उपमहासचिवको व्यवस्थासहित केही पदहरू थप गरेर एमाअाेवादीमा रहेका पदाधिकारीहरूलार्इ ‘एडजस्ट’ गर्नुका साथै एकतामा सामेल अरू ‘शीर्ष’ नेताहरू समेतलार्इ पदाधिकारी बनाउने तयारी छ ।

स्रोतका अनुसार रामबहादुर थापालाई उपाध्यक्ष बनाउने कि महासचिव बनाउने भन्नेबारे तीव्र बहस चलिरहेकाे छ र शीर्ष नेताहरू अझै निर्णयमा पुगेका छैनन् । थापालाई महासचिव बनाउँदा यसअघिका महासचिव कृष्णबहादुर महरालाई के गर्ने भन्ने प्रश्नले नेताहरूलार्इ पिराेलिरहेकाे छ ।

त्यस्तै देव गुरूङ, पम्फा भुसाल, मणि थापा, तिलक परियार, मातृका यादवलगायतलाई समेटेर पदाधिकारीकाे टिम बनाउनुपर्ने बाध्यता छ भने एमाओवादीका पहिलेका सचिवहरु वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल तथा कोषध्यक्ष हरिबोल गजुरेल समेतलाई ‘एडजस्ट’ गर्नैपर्ने बाध्यता छ ।

एकता प्रक्रियामा सहभागी पूर्वकेन्द्रीय सदस्यहरु बाहेक अन्य समूहले थप्नुपर्ने सदस्य संख्या चाहिँ टुङ्याइसकिएको भनिए पनि पूर्वएमाओवादीले चाहिँ आफ्नो भागमा परेका थप्नुपर्ने सदस्यबारे निर्णय लिन सकिरहेको छैन । थप्नमिल्ने संख्या सीमित तर अाकांक्षी र सिनियर नेताहरूकाे संख्या असीमित भएपछि याे मामला नेताहरूका निम्ति निकै नै सकसपूर्ण भएकाे छ ।

एकतामा सामेल अरू समूहबाट निकै जुनियर व्यक्तिहरू केन्द्रीय नेता बनेर भित्रिएपछि पूर्वएमाअाेवादीबाट तीभन्दा सिनियर थुप्रै नेताहरूले दावी गरेपछि केन्द्रीय सदस्य छनाैटकाे मामला यतिविघ्न सकसपूर्ण भएकाे नेताहरूकाे भनाइ छ ।

एसीएमलार्इ कसरी मान्ने सीसीएम ?

वर्षाैंदेखि राज्य समितिकाे सचिवालय सदस्य तथा अनेकाैं जनवर्गीय संगठनका महत्वपूर्ण भूमिकामा रहेका एमाअाेवादीका दर्जनाैंदर्जन नेताहरूलार्इ चित खुवाउँदै झन्डै २ सयकाे संख्यामा त उनीहरूभन्दा निकै जुनियर इलाका समितिका सदस्य (एसीएम) हरू, अनेकथरी कारबाही भाेगिरहेकाहरू र विवादास्पद व्यक्तिहरू अहिले माअाेवादी केन्द्रमा केन्द्रीय सदस्य (सीसीएम) हुन पुगेका छन् ।

एकताका नाममा ‘यी सबै नै हाम्रा केन्द्रीय सदस्य हुन्’ भन्दै सबै समूहले दर्जनका दर्जन जुनियरहरूलार्इ पार्टीकाे केन्द्रीय समितिमा लिएर अाएपछि एमाअाेवादीकाे केन्द्रमा नपुगेका तर अरू समूहका केन्द्रीय ‘नेता’ भन्दा निकै माथिल्लाे राजनीतिक स्तर, भूमिका र याेगदान तथा याेग्यता भएका युवानेताहरूलार्इ यतिबेला ‘नखाउँ भने दिनभरिकाे शिकार, खाउँ भने काकाबाउकाे अनुहार’ भने झैं भएकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर