newskoseli.Com

विप्लवको विद्यार्थीमा ढकालको नेतृत्व…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् ।

हालै सम्पन्न क्रान्तिकारीको सम्मेलनले सर्वसम्मत रुपमा ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नेकपाका एक नेताले न्युजकोसेलीलार्इ बताए ।

काठमाडौं युनिभर्सिटीबाट चिरन्जीवी ढकाल र नरेन्द्र विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटीर्इभीटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द र भवानी ओझा, सुदूरपश्चिम विश्वविद्यालयबाट वीरेन्द्र शाह, राप्ती ब्युरोबाट दाङका हेमन्त जिसी, महिला–जनजातिबाट प्रीतिमा चौधरी, प्युठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट र नारायणी ब्युरोबाट मदन केसी तथा प्रल्हाद गौतम केन्द्रीय समितिमा चयन भएका छन् ।

त्यसैगरी, लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर र कुलराज बन्जाडे, सहिद स्मृति विद्यालयबाट तेजविक्रम वली, भेरीबाट मदन चन्द, प्रेम शाही र भरत रावल, कर्णालीबाट रत्न ओथ र प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक र वीरेन्द्र विक, महाकालीबाट वीरेन्द्र, प्रकाश जप्रेल, शंकर महरा र सन्तोषी भट्टराईलगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिएको बताइएको छ ।

केही खालि राखिएका स्थानमा पूर्ति गर्ने तथा बाँकी पदाधिकारी मनोनयन गर्ने काम केन्द्रीय समितिको बैठकमै हुने क्रान्तिकारीले जनाएको छ । दाङको घोराहीमा फागुन २७ मा सुरु क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलन बिहीबार बिहान सकिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर