newskoseli.Com

मन्त्री मातृका यादवको चेतावनी : उखुको भुक्तानी तत्काल देऊ, नत्र उद्योगीमाथि ठगी मुद्दामा कारबाही

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उखु किसानलाई तुरुन्त भुक्तानी नदिए चिनी उद्योगीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार उद्योग मन्त्रालयमा कृषिमन्त्री चक्रपाणि खनाल समेतको उपस्थितिमा दुवै मन्त्रालयका सचिव, चिनी उद्योगी, सर्लाहीका सांसद र किसान प्रतिनिधिबीच भएको छलफलमा किसानको उखुको भुक्तानी रोके उद्योगीलाई ठगी मुद्दामा कारबाही गर्ने चेतावनी मन्त्री यादवले दिएका छन् ।

चिनी उद्योगले उखुको भुक्तानी नदिएका कारण सर्लाहीका किसानले हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगमै आमरण अनशन सुरु गरेपछि मन्त्री यादवले उद्योगीहरुलाई मन्त्रालयमै बोलाएर किसानको उखुको भुक्तानी तत्काल गरिहाल्न चेतावनी दिएका हुन् ।

उद्योग र कृषि मन्त्रीसँगको छलफलका क्रममा चिनी उद्योगीको प्रतिनिधित्व गर्दै बसेका शशिकान्त अग्रवालले किसानहरुलाई तुरुन्तै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् । उद्योगी अग्रवालले आइतबारदेखि नै उखुको भुक्तानी दिने प्रतिबद्धता जनाएको जानकारी छलफलमा सहभागी माओवादी केन्द्रका सचिवालय सदस्य तथा सर्लाहीका किसान प्रतिनिधि डाचाराज वाग्लेले दिएका छन् ।

‘मन्त्री मातृकाजीले किसानको उखुको भुक्तानी किन रोकेको भनेर उद्योगीको झाँको झार्नुभयो’, वाग्लेले भने– ‘उद्योगीको प्रतिनिधित्व गरेर छलफलमा बसेका शशिकान्त अग्रवालले आइतबारदेखि नै किसानलाई भुक्तानी दिने प्रतिबद्धता जनाए, हेरौं के गर्छन् !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर