newskoseli.Com

एकता अस्वीकार गर्ने वाईसीएलको चेतावनी !

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल) ले एमाले–माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता सम्मानजनक नभए अस्वीकार गर्ने चेतावनी दिएको छ ।

बुटवलमा जारी संगठनको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा वाईसीएलका महासचिव सुबोधराज सेर्पालीले त्यस्तो चेतावनी दिएका हुन् ।

उनले भने– ‘वाईसीएल, नेपाल दुर्इ पार्टीबीचको एकता ५०–५० कै अनुपात वा बराबरीमा हुनुपर्ने पक्षमा छ र त्यसैका लागि वैचारिक राजनीतिक रुपमा समेत हामी बहस–संघर्षमा लाग्नुपर्छ । यो कुरामा वाईसीएलका सबै नेता–कार्यकर्ताले गम्भीर हुनु जरूरी छ ।’

जिल्लाका पदाधिकारीभन्दा माथिका कार्यकर्तालाई निर्देशन दिँदै महासचिव सेर्पालीले भने– ‘वाईसीएलले सधैं नै जनजीविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको पक्षमा लड्दै आएको कुरामा हामीले सधैं हेक्का राख्नुपर्छ र राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अविचलित भर्इ अघि बढिरहनु पर्छ ।’ अब वाईसीएलको भूमिका बदलिएको छ भन्दै उनले भने– ‘जनताका सुख–दुःखको साथी बनेर जनताको बीचमा जानुपर्ने कुरामा नै हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।’

कार्यक्रममा वाईसीएलका पूर्व केन्द्रीय सचिव निर्मल जीसी, प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे, पार्टी केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीलगायतले सम्बोधन गर्दै समसामयिक राजनीतिबारे चर्चा गरे । ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरुलार्इ प्रशिक्षण दिए ।

कार्यक्रममा वाईसीएलका केन्द्रीय फ्र्याक्सन इन्चार्ज तथा पार्टीका ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको सो संगठनका ५ नम्बर प्रदेश अध्यक्ष जितेन्द्र पुनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर