newskoseli.Com

यी ७ सामग्री उपहारमा दिनु वा लिनु हुँदैन…

उपहार लिनु र दिनुलाई सामाजिक जीवनको एक महत्त्वपूर्ण पक्ष मानिन्छ । उपहार पाएर हरेक व्यक्ति खुशी हुने गर्दछ । तर, उपहार दिने व्यक्ति–संस्थाको नियत के–कस्तो छ, यो कुरा भने सर्वाधिक महत्त्वको हुन्छ । । उपहार दिनेको नियत खराब छ भने तपाईंले पाउने उपहारले तपाईंको खुशीमा ग्रहण लगाइदिन सक्छ ।

कतिपय उपहारका यस्ता प्रतीकात्मक अर्थ हुन्छन्, जसका कारण उपहार लिने–दिने दुवैलाई बेफाइदा हुन सक्छ । दिइएका उपहारबाटै कसैको नियत खराब भएको वा सांस्कृतिक चेतना कम भएको बुझ्न सकिन्छ ।

जानिराख्नोस्, यी ७ सामग्रीलाई उपहारस्वरुप लिनु–दिनु राम्रो मानिँदैन–

१. हिंस्रक जनावरहरू (जस्तै– सिंह, बाघ, चितुवा) को तस्बिर या मूर्ति उपहारमा लिनु र दिनु अशुभ मानिन्छ ।

२. डुब्दै गरेको जहाजको तस्बिर या मूर्ति उपहारमा प्राप्त हुनु र त्यसलाई घरमा राख्नु अशुभ मानिन्छ । यसबाट आर्थिक नोक्सान हुने जनविश्वास छ ।

३.. चक्कु, छुरी कसैलाई उपहारमा दिनु हुँदैन। यदि कसैले दियो भने त्यसलाई घरमा राख्नु भने हुँदैन । उपहारमा चक्कु, खुकुरीको लेनदेनले परिवारमा तनाव पैदा गर्ने जनविश्वास छ ।

४. कालो वस्त्र कहिल्यै, कसैलाई उपहारमा दिनु हुँदैन । यदि कसैले तपाईंलाई कालो वस्त्र उपहार दिन्छ भने अशुभ मानिन्छ । यसलाई दुःख, कष्ट र पीडादायक मात्र नभई मृत्युको कारक समेत मान्ने गरिएको छ ।

५. जुत्ता उपहारमा दिनुलाई विछोडको प्रतीक मानिन्छ । प्रेमीहरुले एक–अर्कोलाई उपहारस्वरूप जुत्ता दिनु हुँदैन, यसबाट विछोड हुने मान्यता छ ।

६. उपहारमा रुमाल दिनु पनि अशुभ मानिन्छ, यसबाट जीवनमा कष्ट थपिने जनविश्वास छ ।

७. धेरैले घडी उपहार दिने गर्दछन्, उपहारमा घडी दिनु भनेको जीवनमा प्रगतिलाई रोक्न खाेज्नु मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर