newskoseli.Com

के–के हुन् ‘असल महिला’ मा हुनैपर्ने ‘३२ लक्षण’ ? (सूचीसहित)

परम्परागत समाजमा महिलाहरुलाई अनेकौं तरहले दुःख दिने र ‘दोस्रो दर्जाको नागरिक’ सरह व्यवहार गर्ने गरिएको पाइन्छ । यसै मेसोमा महिलाहरुलाई ‘बत्तीस लक्षणले युक्त भएकी’ भनेर कसैलाई उकास्ने र ‘नराम्री’ भनेर धेरैलाई थचार्ने समेत गरिएको देखिन्छ । कतिपय धर्मग्रन्थहरुमा समेत महिलाका ‘३२ लक्षण’ बारे चर्चा भेटिन्छ ।

आज पनि धेरैलाई जिज्ञासाकै विषय हुन सक्छ– खासमा के–के हुन् त महिलामा हुनुपर्ने भनिएका ‘३२ लक्षण’ ?

यी हुन् भनिन्छ  मूलतः शारीरिक बनावट र एकाध बुँदामा स्वभाव एवं बौद्धिकता समेत समाविष्ट महिलामा अपेक्षा गरिने ‘३२ लक्षण’:

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु
२. हातका औंला लामा–लामा हुनु
३. औंलाका कापमा छालाविशेष बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न सात सुगन्ध हुनु
६. हरिणका जस्ता फिला हुनु
७. गुप्ताङगहरु गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु
९. शरीरका सम्पूर्ण अङ्गहरु सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्ररी फर्कने हुनु
१२. पाखुरा लामा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखसमान घाँटी हुनु
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. ३२ वटा दाँत हुनु
१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु
१८. टमक्क मिलेका दाँत हुनु
१९. बंगारा स्वच्छ र सुन्दर हुनु
२०. जिब्रो लामो हुनु
२१. सानोभन्दा सानो स्वाद थाहा पाउन सक्ने शक्ति हुनु
२२. पातलो स्वर हुनु
२३. विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु
२४. कुरामा अडिग रहनु
२५. आँखीभौंका बीच रौंकै कोमल र सूक्ष्म रेखा हुनु
२६. मिलेको कपाल हुनु
२७. अल्छी नहुनु
२८. अरुलाई चाँडै प्रभावमा पार्न सक्ने क्षमता हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम एवं दाहिनेतिर घुमेका रौं हुनु
३०. चमक्क चम्कने केस हुनु
३१. लज्जालु स्वभाव हुनु
३२. दृढ स्वभाव हुनु

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर