newskoseli.Com

सामसुङ–एप्पल लडाइँ : एप्पललाई ५३.९ करोड डलर तिर्न सामसुङलाई आदेश

 

एप्पल कम्पनीलाई ५३.९ करोड अमेरिकी डलर तिर्न दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई अमेरिकी अदालतले आदेश दिएको छ । एप्पल आइफोनका विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो ।

दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच लामो समयदेखि कानुनी लडाइँ चल्दै आइरहेको थियो । सन् २०११ मा सामसुङमाथि आफ्नो पेटेन्ट उल्लंघन गरेको आरोप एप्पलले लगाएपछि यो विवाद सुरु भएको थियो । एक वर्षपछि सामसुङले एप्पललाई १.०५ अर्ब डलर तिर्नुपर्ने निर्णय सुनाइए पनि दुवै कम्पनीले उक्त आदेशमा चित्त नबुझाएकाले कानुनी लडाइँमा छन् ।

एप्पलका तीन वटा डिजाइन प्याटेन्ट उल्लंघन गरेका भन्दै ५३.३३ करोड डलर र दुई वटा फङ्सनको प्याटेन्ट उल्लंघन गरेको भन्दै बाँकी रकम तिनुपर्ने बताइएको थियो । एप्पलले वक्तव्य जारी गर्दै अदालतको निर्णयको स्वागत गर्दै अब सामसुङले आफूलाई सो रकम तिनुपर्ने बताएको छ ।

यो मुद्दा पैसाको विषयभन्दा पनि एप्पलमा काम गर्नेहरुको मेहनतको सवाल भएको एप्पलले बताएको छ । सामसुङले भने आफूले २.८ करोड डलर मात्र तिर्नुपर्ने तर्क गर्दै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर