newskoseli.Com

निर्धन संस्थाले दियो साबुन बनाउने तालिम

 

निर्धन नामक संस्थाले भूकम्पप्रभावित टीकाथली तथा ठेचोका १८ विपन्न महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको छ ।

राजधानीको नक्सालमा कार्यालय रहेको उक्त संस्थाले असार २५–२६ मा भक्तपुरको छालिङमा सो तालिम सम्पन्न गरेको हो । तालिमका क्रममा प्रशिक्षिकाहरुले गड्यौला मल बनाउने तालिम समेत दिइएको जानकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत अञ्जु पाण्डे (पन्त) ले दिएकी छन् ।

सृजना सिक्तिखु, सुस्मित सुनुवार, लक्ष्मी राई र सपना भुलुन तालिमको स्रोतव्यक्ति रहेको यस तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट बोल्दै अम्बिका कोइराला र भगवती परियारले आयोजकहरुलाई धन्यवाद दिए । तालिमका सहभागीहरुले साबुन बनाउने सिप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताए ।

समापन सत्रमा प्रशिक्षिका सपना भुलुन, ग्लोबल पिस फाउन्डेसनकी सृजना सिक्तिखु, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था छालिङ शाखाकी प्रमुख अम्बु खनाल र निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिषरत्न कोनाजोले पनि आ–आफ्नो मन्तव्य राख्दै तालिममा हासिल गरिएका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षाथीहरुलाई आह्वान गरे ।

कार्यकारी अधिकृत पाण्डे (पन्त) ले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै समापन मन्तव्य राखिन् । वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ मा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुआत गरी वि.सं. २०५६ साउन १ देखि विधिवत् रुपमा लघुवित्तसम्बन्धी सम्पूर्ण वित्तीय कारोबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको जानकारी उनले दिइन् ।

निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा सञ्चालन भएको यस तालिमको समापन सत्रको सञ्चालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ व्यवस्थापक पवनकुमार श्रेष्ठले गरेका थिए । संस्थाले नेपालमै पहिलो पटक सुरु गरेको लघुवित्त कार्यक्रमले २०७४ चैत १ गते पच्चीसौं वर्ष पूरा छब्बीसौं वर्ष प्रवेश गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर