newskoseli.Com

अज्ञात समूहद्वारा बङ्गलादेशी प्राध्यापकको हत्या

अज्ञात समूहले बङ्गलादेशको एक विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकको शनिबार हत्या गरेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको उत्तरपश्चिममा अवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

उहाँले विश्वविद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए ।

हमलाको स्वभाव हेर्दा यसअघि इश्लामिक समूहका लडाकूले असाम्प्रदायिक तथा अनिश्वरवादी व्यक्तिमाथि गरिने हमलासँग मिल्दोजुल्दो भएकोले यसमा आइएस समूहको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले प्रारिम्भक अनुसन्धानपछि बताइएको छ । रासस÷एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर