newskoseli.Com

एमाले–माओवादी निकट पत्रकारबीच यसरी हुँदैछ एकता…

 

तत्कालीन नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पीओएन) राख्ने निर्णय गरेको छ ।

१५ साउनमा राजधानीमा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान– २०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारी अनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा ‘जुगल’ ले तयार पारेको विधानको खाकालाई कार्यदलले अन्तिम रुप दिएको कार्यदलद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

संगठनले अन्तरिमकालका लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ । विधानमा गरिएको व्यवस्था अनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित २ सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित १ सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्य रहनेछन् ।

यसैगरी, अनुशासन आयोगमा अध्यक्ष र सचिवसहित १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रेस सेन्टर नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल उपस्थित थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर