newskoseli.Com

‘लबपार्क’ नै हो त ‘बटुकभैरव’ ? (हेर्नोस् चर्तिकला-तस्बिर)

 

लगनखेलस्थित ‘बटुकभैरव स्तुपा’ आजभोलि ‘लबपार्क’ मा फेरिँदै गएको छ । बिहान–बिहान स्तुपा परिक्रमा गर्नेहरुको भीड लाग्छ भने दिउँसो–दिउँसो यही स्थान ‘लबपार्क’ का रुपमा प्रयोग हुन्छ । यहाँ दिनभर र साँझ अबेरसम्म पनि ‘धार्मिक जोडी’ लगायत अन्य युवा–युवती ‘मस्ती’ गरिरहेका भेटिन्छन् ।

स्तुपा संरक्षण तथा सरसफाईका लागि केही वर्ष अघिसम्म रोटरी क्लबको संरक्षणमा एक जना महिला राखिएको थियो । तर, अहिले उनी त्यहाँ छैनन् । ‘बेलाबखत लगनखेलका सुरक्षाकर्मी अाएर स्कुले ड्रेसका विद्यार्थीलाई थर्काउँदै निकाल्छन्,’ गेटैमा मकै पोल्दै बेच्ने महिलाले न्युजकोसेलीलाई बताइन्– ‘दुई–चार दिन अलि कम हुन्छ तर ‘प्रणय–जोडी’ को मस्ती गर्ने क्रम फेरि बल्झिइहाल्छ ।’

गाडामा मःमः–ससेज बेच्ने अर्की महिला भन्छिन्– ‘अँ, राम्रो ठाउँ छ– विशेषतः केटा–केटी घुम्नलाई अनि प्रायः नेता, जग्गा दलाल र र विद्यार्थीहरुको जमघटस्थल बनेको छ यो ठाउँ ।’

पाटन औद्योगिक क्षेत्रका महाप्रबन्धक (मास्के) ले ०६६ मा पाटनका मजदुरहरुको कार्यालय बटुकभैरवमा बनाउने योजना बनाए । ऋद्धि टायल उद्योग, पाटनका तत्कालीन सञ्चालक मणिरत्न शाक्यलाई कल्याणबाट मजदुर संगठनको अफिस हटाई बटुकभैरवको टहरा दिलाउने निर्देशन दिए । तर, उनी सरुवा भएपछि मजदुर अफिस हुलाक अफिसमा सारियो, बटुकभैरवमा अफिस दिइएन ।

स्तुपा अहिले बच्चाबच्चीहरु जथाभावी उफ्रने, चकचक गर्ने स्थान र युवा–युवतीहरुको ‘लबपार्क’ बन्न थालेपछि दर्शनका लागि छिर्न समेत लाजमर्दो अवस्था आएको सोझासाझा भक्तजनहरुको गुनासो छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर