newskoseli.Com

तक्मेबुढा र कुल्फीवालाले ल्याए ‘आयो कुल्फी आयो…!’ (भिडियोसहित)

 

‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् चर्चित हास्यकलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ ले ।

काठमाडौंको नयाँवस्ती, बौद्ध, गौरीघाट र जोरपाटीका चोक तथा गल्लीहरुमा ‘आयो कुल्फी आयो, हाँस्न पनि पाउने, नाँच्न पनि पाउने, बिक्री भयो भने पैसा पनि आउने’ भन्दै गाउँदै र नाच्दै कुल्फी बेच्दै हिँड्ने मनकुमार राई म्युजिक भिडियोमा देखिन थालेका छन् । ‘कुल्फीवाला’ राईलाई अब म्युजिक भिडियोमा मात्र होइन, ब्ल्याकहर्स सुजको विज्ञापनमा समेत जुत्ता लगाएर गाउँदै र नाँच्दै कुल्फी बेचेको हेर्न सकिनेछ ।

गीत ‘कुल्फीवाला’ र ‘तक्मेबुढा’ दुवैले गाएका छन् भने एरेञ्ज धिरज श्रेष्ठले गरेका हुन् । शब्दरचना पनि ‘कुल्फीवाला’ र ‘तक्मेबुढा’ ले नै गरेका हुन् । म्युजिक भिडियोको निर्देशन ‘तक्मे बुढा’ ले गरेका छन् । उनको म्युजिक भिडियोमा अभिनय, नाच र आवाजलाई मन पराएको प्रतिक्रिया धेरैले दिएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर