newskoseli.Com

लोकगायनमा जम्दै भीमराज सुनुवार (गीतिअडियो सहित)…

खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् ।

सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला…’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पूर्वेली लोकभाकाले लोकगीतका पारखी स्रोतामाझ चर्चामा छन् ।

‘…सलल बग्ने सुनकोसी नदी तैराउँदै लान्छु डुङ्गा
हाम्रो त घर कहाँ भन्छौ माया पूर्व है ओखलढुंगा…’

पछिल्लो चरणमा उनीसहित ओखलढुंगाकै अर्का प्रतिभा जीवन सुनुवारले गाएको यो पूर्वेली लोकगीतले केही सञ्चार माध्यममा राम्रै श्रोता बटुलेको सञ्चार संस्थाहरूले बताएका छन् । विशेष गरी ओखलढुंगा र रामेछाप आसपासमा गाइँने बजारे भाकालाई टपक्क टिपेर रेकर्ड गरिएको गीतलाई वरिष्ठ संगीतकार शिलाबहादुर मोक्त्तानाले संयोजन गरेका छन् ।

पूर्वका गीतलाई संकलन गरेर जस्ताको तस्तै गाउने सिप भएका सुनुवार आफूले गाएका गीतलाई त्यस भेगका श्रोताले मन पराइदिने विश्वास व्यक्त गर्दछन् । वास्तविक लोकगीतको स्वाद पाइँने उनले गाएका गीतलाई सञ्चार माध्यममार्फत अझ राम्रोसँग प्रवर्द्धन गर्न सकिए लोकगीतमा नयाँ आयाम आउने अर्का एक गायकले न्युजकोसेलीलार्इ बताए ।

गीत गायन र संकलनमा रुचि भएका भीमराज यातायात क्षेत्रमा पनि संलग्न छन् । यातायात व्यवसायी समेत रहेका उनमा रहेको प्रतिभाप्रति वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान पनि सन्तुष्ट छन् ।

गीत-संगीतलाई निरन्तरता दिन कम्मर कसेका उनले केही समय अगाडी ‘हाउ लुङ्गा, घर हाम्रो ओखलढुंगा’ नामक गीत पनि बजारमा ल्याएका थिए । धेरै गीत सुन्ने र नाच्नेहरुका लागि प्रिय बनेको उक्त गीत पूर्वतिर अझै चर्चाको शिखरमा छ ।

‘..रामेछाप-ओखलढुंगा चण्डी पूर्णे मेला
चंडेश्वरी–सैपु र वाच्पू रगनीमा भेला..’

प्राकृतिक साथै सांस्कृतिक पर्यटनलाई पनि जोड दिने उनको गीतमा जातीय परम्परालाई पनि अगाडि ल्याउने कोशिस गरिएको छ । सुनुवार जातिमा रहेको चण्डी पुर्णे मेलालाई गीतका हरेक शब्दले समेटेको पाइन्छ ।

उनका अनुसार ओखलढुंगा र रामेछापका मगरका साथै सुनुवार जातिले मेला पर्व विशेषमा गाउने यो गीतको महत्त्व अझै रहेको उनको भनाइ छ । ओखलढुंगा जिल्लाका प्रायः सबै स्थानका पर्यटकीय स्थानलाई समेटेर संकलन–संगीत गरिएको उनको गीतमा वास्तविक लोकजीवन रहेको प्रतिक्रिया गीत सुन्नेहरुले दिएका छन् ।

केही समयपछि नै उक्त गीतको भिडियो दर्शकसामु ल्याउन लागेका सुनुवारले गीतलाई जीवन्त राख्न ओखलढुंगा–रामेछापमै सुटिङको व्यवस्था गर्न लागिएको न्युजकाेसेलीलार्इ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर