newskoseli.Com

एकैसाथ तीन किसिमका नयाँ आइफोन सार्वजनिक

अमेरिकी स्मार्टफोन निर्माता कम्पनी ‘एप्पल’ ले बुधबार एकै पटक तीन किसिमका नयाँ आइफोन सार्वजनिक गरेको छ ।

एप्पलका उत्पादनहरुको बिक्रीमा सामान्य कमी आइरहेको समयमा बजार विस्तार गर्ने उद्देश्यले एप्पलले नयाँ मोडलका सर्वाधिक महँगा आइफोन बजारमा ल्याएको हो ।

गतवर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको ‘आइफोन एक्सएस म्याक्स’ एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सार्वजनिक गरेका हुन् । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिव १ लाख २६ हजार रुपैयाँ) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडलको आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रिनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रिनहरु साना भएकाले फोटो र भिडियो खिँच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै ‘आइफोन एक्सआर’ मोडल पनि सार्वजनिक गरेको छ । अक्टोबर २६ देखि बजारमा आउने यसको मूल्य करिव ७५० अमेरिकी डलर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर