newskoseli.Com

चलाउने र जैसीसहित ५ कार्यकर्ता नेकपा (विप्लव) बाट निष्काशित !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका ५ कार्यकर्तालाई पार्टीको साधारण सदस्यता समेत खोसेर निष्काशन गरेको छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हकमा पार्टी सदस्यता नै खोसिनुलाई सबैभन्दा ठूलो कारबाही मानिन्छ ।

पार्टीको कारबाहीमा परेर निष्काशन हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहिसकेका सो पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं नेकपा (विप्लव) को मध्य–केन्द्रीय कमान्डअन्तर्गतका ब्युरो सदस्य प्रभात चलाउने, पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका र उक्त पार्टीको जिल्ला समिति सदस्य (डीसीएम) जन्मदेव जैसी तथा जिल्ला समिति सदस्य (डीसीएम) हरु कमल बुढा, बाबुराम भुसाल र सुदिप वर्देवा रहेका छन् ।

सो पार्टीका मध्य–केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत उल्लेखित ५ जनामाथि पत्रकार संगठनसम्बन्धी पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको र सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको आरोप लगाइएको छ ।

यस्तो छ नेकपाको विज्ञप्ति–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर