
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हालै सार्वजनिक विज्ञप्ति प्रकाशित गरेर ‘साधारण सदस्य समेत नरहने गरी निष्काशन’ गरेका त्यस पार्टीका ५ जना कार्यकर्ताले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
‘हाम्रो नाम नै उल्लेख गरेर केही आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण निकाय र आमसञ्चार माध्यमहरुलाई यो कुरा जानकारी गराइन्छ कि’ भन्ने वाक्यबाट सुरु गरिएको विज्ञप्ति नै आइसकेपछि यसबारे यो टिप्पणी लेख्न बाध्य भएका हौं,’ शनिबारको मितिमा न्युजकोसेलीलाई प्रेषित पार्टीका विभिन्न कमिटीमा संगठित रही पार्टीनिकट ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ सम्बद्ध हुँदै पत्रकारिता क्षेत्रमा क्रियाशील पाँचै जनाको हस्ताक्षरयुक्त प्रेस नोटमा भनिएको छ– ‘हामी यी विषयमाथि आन्तरिक रुपमै छलफल गर्न चाहन्छौं । यो हाम्रो कुनै कमजोरी होइन, समयले थोपरेको जिम्मेवारी, राजनीतिक आन्दोलनको आवश्यकताबोध हो । त्यसैले यसका बारेमा छिटोभन्दा छिटो पहल लिन पार्टी नेताहरुलाई अनुरोध गर्दछौं ।’
यस्तो छ ३ पृष्ठको प्रेस नोट, जस्ताको तस्तै–