newskoseli.Com

एनएफपीजेको २२औं साधारणसभा : अध्यक्षमा चित्रकार, महासचिवमा वन्त

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २२औं विशेष साधारणसभाले गोरखापत्रका फोटो पत्रकार राजेन्द्र चित्रकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार राजधानीमा आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का (रातोपाटीडटकम), महासचिव प्रदीपराज वन्त (रासस), सचिव नवराज श्रेष्ठ (हिमालय टाइम्स), कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (न्युज अभियान) र सहकोषाध्यक्ष चन्द्रकला क्षेत्री (नयाँ पत्रिका) चयन भएका छन् ।

सदस्यहरुमा नवराज वाग्ले, तेजबहादुर बस्नेत, शोभा महर्जन, आर्यन धिमाल, गगन अर्याल, सुशीला श्रेष्ठ, मुकुन्द कालिकोटे, प्रदीप श्रेष्ठ र राजेन्द्र थापा रहेका छन् ।

कार्यक्रमको उदघाटन गर्दै नेपाल पत्रकार महासंका अध्यक्ष गोविन्द आचार्यले नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारिताका रूपमा स्थापित गराउन एनएफपीजेले खेलेको भूमिकाको सराहना गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर