newskoseli.Com

ठेकेदारहरुले चुने नयाँ नेतृत्व : कुन–कुन पदमा को–को ?

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा ४ सय ६६ मत पाएर विजयी रवि सिंह भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिएका छन् । अध्यक्ष पदका तेस्रो र चौथो उम्मेदवार क्रमशः रामशरण देउजा र पुरुषोत्तम मानन्धरले ६६ र ७ मत मात्र पाए ।

वरिष्ठ उपाध्यक्ष पदमा ४ सय ६५ मत पाएर निकोलस पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणकुमार रानाले ४ सय २८ मत पाए । प्रदेश नं. १ को उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, प्रदेश नं. २ को उपाध्यक्षमा सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं. ३ को उपाध्यक्षमा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश नं. ५ को उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र प्रदेश नं. ७ को उपाध्यक्षमा टेकबहादुर सेट्ठी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, एशोशियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टङ्कप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन् ।

सदस्यहरुमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, इञ्जिनियर भीमबहादुर पाल, डा. सूर्यबहादुर खड्का, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ (पद्म), उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजङ्ग शाह, चन्द्रप्रकाश थकाली, सुरतजङ्ग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम र इञ्जिनियर विकास मल्ल निर्वाचित भएका छन् ।

महिला सदस्यहरूमा पनि मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह निर्विरोध निर्वाचित भएका छन् । तराई क्षेत्रबाट सन्तोष साह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मङ्गलबहादुर शाही र वस्तुगत सङ्घबाट तेजबहादुर राई निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई आइतबार बेलुकी नै शपथग्रहण गराइसकिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर