newskoseli.Com

स्वर्गकै टुक्रा पो रहेछ पोखरा : ‘फिलिपिनो राजकुमारी’

सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा. मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् ।

पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डकी शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आएकी हुन् । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) की कार्यकारी अधिकृत समेत हुन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आएकी डा. अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गरिन् । ‘एशियाको स्विट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित सहर रहेछ, यहाँको वातावरण नै रमणीय लाग्यो, प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर’– पोखरा आउनुअघि नै यहाँको सुन्दरताको निकै चर्चा सुनेकाले यो ठाउँमा आउने तीव्र इच्छा रहेको बताउँदै उनले भनिन् ।

अल्ट्रालाइटबाट मा उन्टेनको दृश्यावलोकन गर्ने रहर व्यक्त गर्दै आफू कति बेला मौसम खुल्छ भनेर कुरिरहेको उनले बताइन् । पोखराको केआर्इ सिंह पुल पुगेर उनले हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरका पूजारीको हातबाट टीका समेत लगाइन् । उनीसँगै रहेकी सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिइन् ।

उनीहरुले पोखरा आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको समेत दर्शन गरे । हरेक धर्मले एक–अर्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव–मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको उनीहरुले बताए ।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाएकी डा. मारियाले शिक्षा, स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्ग र क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पुर्‍याउँदै आएकी छन् । चाइचान पनि नमोबुद्ध क्लबकी अध्यक्ष हुन् । सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी उनी अन्तर्राष्ट्रिय महिला शान्ति समूहकी शान्तिदूत समेत हुन् ।

मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताइन् । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी उनले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताइन् । पोखरामा उनीहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गरेकी थिइन् । ‘शान्तिको विकल्प छैन’ भन्दै मनबाटै शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार उनीहरुले राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर