newskoseli.Com

गाई–भैंसीमा कृत्रिम गर्भाधान असफल

गाई तथा भैंसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भैंसीमा असफल देखिएको छ ।

गाईभैंसीको ४ सय ५० रूपैयाँ शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौडेलले ५५ प्रतिशत कृत्रिम गर्भाधान असफल भएको र महङ्गो शुल्क तिरेर कृत्रिम गर्भाधान गर्दा पनि सफल नभएपछि कृषक मारमा परेको बताए ।

यस बाहेक गाई तथा भैंसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो उनले गरे । पशु चिकित्सक झविन्द्र बञ्जाडेले प्राविधिकको अभाव, पशुमा पोषण आहारको कमि र कृषकमा चेतनाको अभाव आदिले कृत्रिम गर्भाधान असफल भएको बताए ।

उपमहानगरपालिकामा गतवर्ष १ हजार ५ सय गाईभैंसीमा कृत्रिम गर्भाधान गरिएको थियो । यसवर्ष १ हजार ७ सयमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७ सय गाई तथा भैँसीमा गर्भाधान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आधारित भएर अनुदान दिने नीति अघि सारिएको जानकारी दिँदै पूर्व तयारी गरेर मात्रै व्यवसाय शुरु गर्न सुझाव दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर