newskoseli.Com

२८ विघाको गाँजा र ८ विघा जमिनको अफिम खेती नष्ट

गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रम अन्तर्गत मकवानपुरका २८ विघा १० कट्ठा जमिनमा लगाइएको गाँजा र ८ विघा जमिनमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले मङ्सिर ९ देखि १५ सम्म सञ्चालन गरेको दोस्रो चरणको अभियान अन्तर्गत बुधबारसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरेको हो । प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मकवानपुरबाट छुट्टाछुट्टै ३ वटा समूहमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका– ९ को सानो टोड्के, वडा नं. ८ को काँकडा, वडा नं. ७ को गर्लिङ र कैलाश गाउँपालिका– ४, सर्सिङ र लिप्चेमा लगाइएका गाँजाखेती नष्ट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन् । दोस्रो चरणको अभियान अन्तर्गत विभिन्न स्थानमा २ सय २१ विघा ४ कट्ठा जमिनको गाँजा तथा १ सय ७ विघा जमिनमा लगाइएको अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।

अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्ला सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ ।

उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीका साथसाथै स्थानीय जनसमुदायमा लागूऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा–पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । उक्त कारबाहीको क्षेत्रमा गाँजाखेतीको विकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारीस्तरबाट आवश्यक सहयोगका कार्यक्रम ल्याउनुपर्ने माग स्थानीयले गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर