newskoseli.Com

आन्दोलनका घाइतेले पाएको स्वास्थ्य सेवा बन्द भएको आरोप

संविधान कार्यान्वयनमा ध्यान नदिए मुलुकको राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालले दोस्रो जनआन्दोलनको एक दशक पुगेका अवसरमा आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता रमेश लेखकले अब मुलुकलाई आर्थिक क्रान्तिको बाटामा लैजानका लागि सबैजना एकताबद्ध भई लाग्नुपर्ने बताए ।

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले लोकतन्त्रका उपलब्धिलाई रक्षा गर्ने कुरामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् बुद्धिजीवीलगायतले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोस्रो जनआन्दोलन पूर्ण लोकतन्त्रका लागि गरिए पनि त्यस अनुसारको संविधान नबनेको विचार व्यक्त गर्दै यसले मधेसी, जनजाति, पिछडिएको वर्ग, आदिवासी, जनजाति लगायतलाई राज्यको मूलधारमा लैजान नसक्ने जिकिर गरे ।

नागरिक समाजका डा सुन्दरमणि दीक्षित र सङ्घीय गठबन्धनका नेता पासाङ शेर्पाले दोस्रो जनआन्दोलनपछि जनताले बोल्न मात्रै पाएकाले अब पूर्ण अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे ।

जनआन्दोलन घाइते समाजका अध्यक्ष मेघराज आचार्यले जनआन्दोलनमा आफूहरुले ज्यानको पर्वाह नै नगरी योगदान पु¥याएको तर सरकारले आफूहरुले पाउँदै आएको स्वास्थ्य सेवा समेत बन्द गराएको भनी चिन्ता गरे । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर