newskoseli.Com

७५ गाई–भैंसीले पाए ‘सुत्केरी भत्ता’ !

रत्ननगर नगरपालिकाले ७५ वटा गाई–भैंसीलाई ‘सुत्केरी भत्ता’ दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई–भैंसीलाई बिहीबार ‘सुत्केरी भत्ता’ दिइएको हो ।

नगरपालिकामा आयोजित एक कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वनले पशुपालक किसानलाई ‘सुत्केरी भत्ता’ स्वरुप जनही ५ सय रूपैयाँ वितरण गरे । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा २० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

‘सुत्केरी भत्ता’ स्वरुप वितरण गरिएको रकम पर्याप्त नभएको भन्दै आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिए । किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उनले उल्लेख गरे ।

नगरका वडा नम्बर १, ४, ६, ७ र ८ का ४१ तथा झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको जानकारी नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले दिए । रत्ननगरमा वार्षिक ६ हजार गाई–भैंसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करिव २ हजार गाई–भैंसी ब्याउने गरेको बताएको राससले जनएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर