newskoseli.Com

कृषि अनुसन्धान केन्द्रमा डरलाग्दो रिक्तता : दरबन्दीभन्दा आधा मात्रै वैज्ञानिक !

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दीभन्दा आधा संख्यामा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् ।

कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने नेपालको केन्द्रीय सरकारी संरचना भएको दरबन्दीको यसखाले अपर्याप्तता अर्थात् दरबन्दीभन्दा कम जनशक्ति कार्यरत रहनु विडम्बनाको विषय भएको छ । वैज्ञानिकहरु मात्र नभई नार्कमा अरु प्राविधिक र गैरप्राविधिक जनशक्ति समेत निकै अपर्याप्त रहेको परिषदले जनाएको छ ।

तीन दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नार्कमा सबैभन्दा अपर्याप्त जनशक्ति वैज्ञानिकको छ । यहाँ ४ सय ६ जनाको दरबन्दी रहे पनि २ सय २५ वैज्ञानिक मात्र कार्यरत छन् । कार्यरत वैज्ञानिकहरु पनि यहाँभन्दा राम्रो अवसर पाउनासाथ तुरुन्तै अन्यत्र जाने हुँदा जनशक्तिको अभाव हुने गरेको बताइन्छ ।

२०४८ मा बनेको जम्मा १ हजार ८ सय २३ दरबन्दी अहिलेसम्म पनि कायमै छ । दरबन्दीभन्दा झन्डै ६ सय कम जनशक्ति कार्यरत हुँदा नार्कका कार्यक्रम नै प्रभावित हुने अवस्था छ । नार्कबाट अध्ययनका लागि विदेश गएकाहरु फर्किएर नआउने र कतिपयले भने अवकाश समेत पाउँदा जनशक्ति घटिरहेको छ । यहाँ कार्यरतमध्ये गतवर्ष मात्रै पनि विभिन्न कारणले १२ जना कम भए थिए ।

पौडेलले भने– ‘लोकसेवाले नै पदपूर्ति गर्ने भनेकाले नयाँ नियुक्ति हुन सकिरहेको छैन ।’ नार्कमा अहिले वैज्ञानिक, प्राविधिक अधिकृत, प्राविधिक सहायक र लेखा तथा प्रशासन गरेर ४ खालका जनशक्ति कार्यरत छन् । दरबन्दीभन्दा वैज्ञानिक १ सय ८१, प्राविधिक अधिकृत ९४, प्राविधिक सहायक ८० र प्रशासनतर्फका कर्मचारी ३२ दरबन्दी रिक्त छन् ।

नार्कमा दरबन्दी रहेका ९ जना अहिले विदेशमा अध्ययनरत छन् । विदेशमा अवसर पाएपछि कतिपयले आफैं राजीनामा गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर