newskoseli.Com

फागुनभित्रै स्ववियु निर्वाचन : क्याम्पसहरुलाई यस्तो छ त्रिविको निर्देशन (पत्रसहित)

आगामी फागुनभित्रै क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउने भएको छ ।

आइतबार विश्वविद्यालयअन्तर्गतको ‘विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’ ले क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । वर्तमान स्ववियु पदाधिकारीको २ वर्षे कार्यकाल फागुन १८ गते सकिने स्मरण गराउँदै नयाँ चुनावको तयारी गर्न त्रिविले परिपत्रमार्फत क्याम्पसहरुलाई आग्रह गरेको छ ।

परिपत्रमा फागुन महिनामा निर्वाचन गर्ने उल्लेख गरे पनि त्रिविले स्ववियु चुनावको मिति भने तोकेको छैन । निर्देशनालय प्रमुख गंगाबहादुर मगरद्वारा प्रेषित परिपत्रमा निर्वाचनको पूर्वतयारी गर्न–गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ ।

यसअघि त्रिविले २०७३ फागुन १८ मा स्ववियु निर्वाचन गरेको थियो । स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नकटेको विद्यार्थी हुनुपर्ने व्यवस्था यसअघि नै गरिसकिएको छ ।

यस्तो छ, त्रिविले क्याम्पसहरुलाई पठाएको परिपत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर