newskoseli.Com

ललितपुरमा कफीसम्बन्धी तालिम : दिनको १ लाख शुल्क !

ललितपुरमा पहिलो पटक ‘क्यु ग्रेडिङ’ तालिम हुन लागेको छ । तालिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुन् । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालिम ललितपुरस्थित कफी एकेडेमीमा सञ्चालन हुन लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले तालिममा सहभागी प्रशिक्षार्थीले ३ दिनको जनही २ लाख ८७ हजार ५ सय रूपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने जानकारी दिए ।

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवर्द्धन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्स्टिच्युट र स्पेसल टी–कफी एशोसिएसनसँगको सहकार्यमा नेसनल कफी एकेडेमीले सो तालिमको आयोजना गरेको हो ।

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । वार्षिक ८ सय मेट्रिक टन कफीको माग भए पनि यहाँ ५ सय १३ मेट्रिक टन मात्र कफी उत्पादन हुने जानकारी चिया तथा कफी विकास बोर्डले दिएको छ ।

नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् । आर्थिक वर्ष २०७४–७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष ९ करोड ३७ लाख २५ हजार रूपैयाँको निर्यात गरिएको थियो । सो आ.व. मा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँको कफी आयात गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर