newskoseli.Com

यी शङ्कर, जो फोहरको थुप्रोबाट खाने कुरा टिपेर भोक मेटाउँछन्…

झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एक मुठी भात छोपेर राखिएको थियो ।

झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खाने कुरा थिए । अर्को झोलामा फोहरबाट सङ्कलन गरिएको खाने कुरा, नजिकै बोराभित्र कतै फ्याँकिएको अवस्थाबाट टिपेर जोहो गरेको फम (म्याट), केही बाँसका दाउरा र पानी पर्दा छेकोका लागि एउटा थोत्रो छाता थियो ।

काठमाडौंको बबरमहल अगाडिको यात्रु प्रतीक्षालय छेउमा आइतबार अपराह्न ३ बजे यस्तो अवस्थामा थिए शङ्करप्रसाद । उनी फोहरबाट टिपेको खाना खाने तर्खरमा थिए । अर्को खाना ल्याइदिन्छौं भन्दाभन्दै पनि उनले नुनमा मोलेर त्यही खाना खाए ।

नेपाल पत्रकार महासङ्घका लेखा समिति संयोजक रोशन पुरीको पहलमा आइतबार मानवसेवा आश्रमले यस्तैमा दैनिकी गुजार्दै आएका उनको उद्धार गरेको छ । पुरीका अनुसार भारत घर बताउने शङ्करप्रसाद सडकमै खाने र सडकमै सुत्दै आएको करिव दुई महिना भयो ।

कार्यालय आउँदा–जाँदा उनलाई देखेर मन खिन्न हुने गरेकाले उद्धारको पहल गरेको थाहा सञ्चार नेटवर्कका समाचार प्रमुख समेत रहेका पुरीले बताए । ‘बाटामा आउँदा–जाँदा सधैं बिजोग अवस्था देखिन्थ्यो, त्यसैले मन मानेन, आज आश्रमले उद्धार ग¥यो एउटा पुण्यको काम गरिएको महसुश भएको छ’– शङ्करप्रसाद उद्धारबारे सुनाउँदै पुरीले भने ।

चार दिनअघि उनले खबर गरेपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र काठमाडौँ संयोजक सुमन बर्तौलाले केही दिनदेखि शंकरलार्इ उद्धारको प्रयास गरेका थिए । बेला–बेलामा खाने कुरा खोज्न जाने गरेकाले निकै पछ्याउँदा समेत फेला नपरेका शङ्करप्रसादलाई आइतबार अपराह्न भेटिएपछि उद्धार गरेर मानवसेवा आश्रम गोङ्गबु लगिएको छ । फोहरबाट खाने कुरा नपाउँदा उनले आरीमा भात पकाएर खाने गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर