newskoseli.Com

लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘थ्री सिस्टर्स’

पच्चीस वर्षदेखि स्थानीय पर्यटन क्षेत्रमा आबद्ध रहेर बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले ‘हामी थ्री सिस्टर्स’ शीर्षक आत्मकथा बजारमा ल्याएका छन् ।

लेखककी आमा लीलामायाको वार्षिक ‘पुण्यतिथि’ मा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले जीवनको असहज मोडलाई पार लगाएर मेहनत र आत्मविश्वासबाट कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यस कृतिले दिएको बताए । पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमानदारी भेटिएको बताउँदै पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले सो कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास निबन्धकार युवराज नयाँघरेले व्यक्त गरे ।

आमाको प्रेरणा तथा साथ र सहयोगबाटै आफूहरुले यस क्षेत्रका हरेक चुनौतीलाई पार लगाउन सफल भएको जिकिर कृति लेखक लक्कीले गरिन् । तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका पूर्वसदस्य बासु त्रिपाठीलाई कार्यक्रममा ‘थ्री सिस्टर्स सम्मान’ प्रदान गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर