newskoseli.Com

तरुण दलले ६६ परिवारलाई सिरक–डसना बाँड्यो

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका विपन्न वर्गलाई सिरक र डसना वितरण गरेको छ ।

तरुण दलद्वारा ‘न्यानो माया प्रदान कार्यक्रम’ नाम दिएर नगरका सबै वडामा रहेका ६६ परिवारलाई सिरक र डसना वितरण गरिएको कार्यक्रम संयोजक कोशिस खड्काले जानकारी दिए । ‘न्यानो माया प्रदान कार्यक्रम’ मा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेस सधैं बीपी कोइरालाको समाजवादको बाटोमा हिँड्ने बताए । बीपीले सधैं विपन्न वर्गको सहयोगका लागि आह्वान गरेकै बाटोमा कांग्रेस हिँडेको उनले बताए ।

अहिले दुईतिहाइको सरकार अराजकतातर्फ उन्मूख भएको हुँदा तरुणहरुलाई त्यसको प्रतिकारमा उत्रन रज्जाकले आह्वान गरे । सरकारले जनतालाई कर, महँगी बढाउनुका साथै जनतालाई सुरक्षाको प्रत्याभूति समेत गराउन नसकेको आरोप उनले लगाए । यस विषयमा खबरदारी गरी जनतालाई सुसूचित बनाउन तरुणहरु अगाडि बढ्नुपर्ने उनले बताए ।

नेपाल तरुण दल सिद्धार्थनगर समितिका सभापति दिपेन्द्र बुढाप्रिथिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, पूर्वसांसद इश्तियाक अहमद खाँ, जन्नतुननिशा, महासमिति सदस्य देवीप्रसाद चौधरी, गोपालमानराज भण्डारी, माधवी शर्मालगायतले बोलेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर