newskoseli.Com

स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्न दुई अखिलको माग

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयसँग स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न विश्वविद्यालयसँग माग गरेका हुन् । कार्यतालिका सार्वजनिक गर्न दबाब दिन सोमबार विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा दुवै सङ्गठनले प्रदर्शनसहित घेराउ गर्ने जनाएका छन् ।

मङ्गलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिने अनेरास्ववियुकी अध्यक्ष लामाले बताइन् । त्रिवि आफैंले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिक आइसक्दा पनि अहिलेसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताइन् ।

यसअघि स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न दुवै सङ्गठनले त्रिवि पदाधिकारीसँग माग गरेका थिए । त्रिविमा प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता राम्रोसँग हुन सकेको छैन । २०७४ मा धेरैजसो क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर