newskoseli.Com

ट्विटरका सहसंस्थापक इभान विलियम्सले राजीनामा दिँदै यसो भने…

बहुचर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक तथा पूर्वकार्यकारी अधिकृत इभान विलियम्सले ट्विटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

आफू ‘अन्य काममा’ व्यस्त हुनु परेको कारण देखाउँदै आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन् । ‘अमेरिकी सेक्युरिटी एन्ड एक्चेन्ज कमिसन’ मा रहेको फाइल अनुसार उनको राजीनामा फेब्रुअरीको अन्त्यपछि कार्यान्वयनमा आउने बताइएको छ ।

आफ्नो राजीनामाबारे प्रष्ट पार्दै उनले लेखेका छन्– ‘मेरा लागि १३ वर्षको समय असाधारण रह्यो । म ट्विटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु । अन्य काममा समय दिनु परेकाले म यसबाट छुट्टिएको छु ।’

उनी हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका छन् । विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्विटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गरेका थिए । विलियम्सले सन् २०११ मै ट्विटर छोडिसकेको भए पनि अहिलेसम्म कार्यसमितिको सदस्यको हैसियतमा रहेका थिए । कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर उनले सन् २०१७ मा नै बिक्री गरिसकेका छन् ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्विटमा विलियम्सले ट्विटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिँदै ट्विटर कम्पनीको सुन्दर भविष्यको कामना गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर