newskoseli.Com

रिहा भएलगत्तै प्रकाण्डपुत्र नरेन्द्रले भने : ‘क्रान्तिकारीहरू झुट्टा मुद्वाले विचलित हुँदैनन्’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष एवं सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का पुत्र नरेन्द्र विश्वकर्माले आफूलाई राजनीतिक पूर्वाग्रहकै कारण राज्यले नियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका छन् ।

२५ दिनसम्मको हिरासत बसाइपछि अदालतको आदेशमा आइतबार रिहा भएका नरेन्द्रले राजनीतिक पूर्वाग्रहकै कारण गृहप्रशासनले नियोजित रुपमा फसाउने गरी आफूमाथि कपोलकल्पित आरोप र झुट्टा मुद्धा लगाएको बताए । उनलाई माघ १७ मा विराटनगर विमानस्थलबाट गिरफ्तार गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको थियो ।

मोरङ जिल्ला अदालतको इजलास नम्बर– ८ मा नारायणप्रसाद शर्माको एकल इजलासमा भएको बहसपछि उनलाई रिहा गर्न आदेश दिइएको थियो । संगठनको जिल्ला सम्मेलन सकेर काठमाडौं फर्कने क्रममा आफूलाई विमानस्थलबाट गिरफ्तार गरी हातहतियार तथा खरखजानासम्बन्धी मुद्धा चलाउनु नियोजित षड्यन्त्र भएको भन्दै उनले भने– ‘मलाई झुट्टा मुद्धामा फसाउन खोजे पनि मैले यसलाई क्रान्तिकै मोर्चाका रुपमा लिएको छु ।‘

विद्यार्थी नेता नरेन्द्रले भने– ‘जेल पनि क्रान्तिकै मोर्चा हो, क्रान्तिको प्रक्रियामा यस्ता मोडहरु आउँछन् तर दुस्मनले जति नै फसाउन खोजे पनि त्यसले क्रान्तिकारीहरुलाई विचलित गराउन सक्दैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर