newskoseli.Com

को हुन् आङछिरिङ ? पर्यटनमन्त्रीसँगै निधन भएका शेर्पाका यस्ता छन् योगदान…

ताप्लेजुङको दारेढुङ्गामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भएको छ ।

यति एयरलायन्स सहित पर्यटन क्षेत्रसँग सम्बद्ध अनेकौं संस्थाका संस्थापक शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए । उनले ‘थामशेर्कु ट्रेकिङ’, ‘यति एयरलाइन्स’, ‘तारा एयरलाइन्स’, ‘हिमालयन एयरलाइन्स’ तथा ‘गोकर्ण रिसोर्ट’ को स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

यति एयरलाइन्सका प्रबन्ध निर्देशक रहेका शेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहेको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिएका छन् । शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक भएर पनि सेवा गरेका थिए ।

डाइनेष्टी एयरलायन्सका साथै केही होटलमा पनि उनको लगानी छ । ५८ वर्षअघि सोलुखुम्बुको जुगिङ, पाङमुमा जन्मेका शेर्पाका श्रीमती र दुई छोरा रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर