newskoseli.Com

सञ्चार मन्त्रालयको प्रस्टीकरण : ‘फेसबुक र ट्विटर बन्द गरिएको होइन’ !

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल (फेसबुक र ट्विटर) बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नगरिएको प्रस्टीकरण दिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार विज्ञप्ति जारी गरी सञ्चार मन्त्रालय र सूचना विभागको नाम राखी फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोस्ट गरी टिप्पणी समेत गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित भएको छैन,’ विज्ञप्तिमा भनिएको छ– ‘त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानुनी कारबाही गर्न प्रक्रिया सुरु भइसकेको छ र सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ ।’

त्यस प्रकारको गलत र भ्रामक सूचना आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट पोस्ट, रिपोस्ट, लाइक गरेको भए हटाउन र नगर्न समेत मन्त्रालयले सम्बन्धित सबैलाई अपिल गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर