newskoseli.Com

फोल्ड गर्न मिल्ने स्मार्टफोन अाउँने

विश्वकै पहिलो ग्राफिइनयुक्त पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ। चिनियाँ कम्पनी मोक्सीले यस्तो लचिलो स्क्रिन भएको स्मार्टफोन विकास गरेको हो। सुरुमा एक लाख सेट चिनियाँ बजारमा पठाउने तयारी गरिएको छ।

ग्राफिइनको विकासमा वेलायतको महत्वपूर्ण भूमिका रहे पनि व्यवसायिक हिसाबले स्मार्टफोनमा यसको प्रयोग हुन सकेको थिएन। लचिलो स्क्रिन विकास गर्न नोवेल पुरस्कार विजेता सामग्री ग्राफिइन प्रयोग हुनु यो स्मार्टफोनको मुख्य विशेषता हो। ग्रफाइनकै कारण स्मार्टफोन पट्याउन मिल्ने भएको हो।

फलामभन्दा २०० गुणा बलियो

यो चमत्कारिक स्मार्टफोन एकदमै पातलो र बलियो एटमको मिश्रणबाट निर्माण गरिएको छ। त्यो एटम फलाम भन्दा २०० गुणा बढी बलियो छ।

स्मार्टफोन निर्माता चिनियाँ कम्पनी मोक्सीले एक लाख सेट बजारमा पठाउँदैछ। यसको मूल्य ७७६ अमेरिकी डलर पर्नेछ। सुरुमा कम्पनीले सामान्य ब्लाक एन्ड ह्वाइट कलरको स्क्रिन निकाल्ने जनाएको छ। पछि अन्य कलरमा उपलब्ध गराउने बताइएको छ। यो फोनको विकासमा चीनमा भर्खरै व्यवसाय थालनी गरेको मोक्सी समूह संलग्न छ।

folding mobile 2

मोक्सी अमेरिकी कम्पनी एप्पल र कोरियाली सामसङभन्दा एक कदम अगाडि बढेको छ। विश्वको स्मार्टफोन बजारको ठूलो हिस्सा ओगट्ने दुवै कम्पनीले अहिलेसम्म लचिलो स्मार्टफोन निर्माण गर्न सकेका छैनन्। मोक्सीको घोषणासँगै उनीहरुमाथि ग्राफिइन प्रविधि स्वीकार्न दवाब बढेको छ।

मोक्सीको ग्राफिइनयुक्त स्मार्टफोन ५.२ इञ्चको हुनेछ भने यसको तौल २०० ग्राम हुनेछ। यसलाई ब्रासलेटजस्तै फोल्डगरी हातमा लगाउन मिल्नेछ।

यसको टच स्क्रिनलाई जब क्रुल अप गरिनेछ तब यसले काम गर्नेछ। अरु स्मार्टफोन जस्तै आकारमा पनि यसले काम गर्नेछ।

मोक्सीका उपाध्यक्ष चोङसेङ युउले श्याम श्वेत फोन बनाउन सजिलो भएको उल्लेख गरेका छन्। चीनभन्दा बाहिरबाट माग भएको खण्डमा कम्पनीले तयारी गर्ने उनको योजना छ। सुरुमा फोल्ड गर्न मिल्ने स्क्रिन भएको स्मार्टफोन बजारमा जानेछ। यसमा अमेजनको किन्डल जस्तै इलिङ्कको प्रयोग गरिएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर