NewsKoseli.Com

हामी उहिलेको मार्क्सवादी कि अहिलेको ?

मार्क्सले करिव पौने दुई सय वर्ष पहिले दर्शन, समाजशास्त्र र राजनीतिका बारेमा अघि सारेका अवधारणाले अहिले पनि विश्व हल्लाइरहेछ । राजनीतिमा उनले घोषणा गरेका थिए– वर्गसंघर्षमा सर्वहारा वर्गले पुँजीपति वर्गलाई परास्त गर्नेछ । सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण हुनेछ । सबैलाई राज्यले योग्यताअनुसारको काम र आवश्यकताअनुसारको दाम प्रदान गर्ने साम्यवादी व्यवस्था लागू हुनेछ ।

यति मात्र होइन, उनले कल्पना गरेको साम्यवादी संसारमा मुद्रा, सेना, प्रहरी र राज्यको सीमा समेत आवश्यक पर्नेछैन । लेनिनले त यति सम्म भने– साम्यवादी व्यवस्थामा सुन चर्पी बनाउन मात्र काम लाग्छ किनभने सुनमा खिया लाग्दैन । भौतिक वस्तुमा आएको परिवर्तनले मानवचेतनामा प्रत्यक्ष प्रभाव पार्ने हुनाले मार्क्स र लेनिनको पालामा सिङ्गो युरोपमा आएको परिवर्तनले उनीहरुमा त्यो तहको उच्च चेतनाको बिजारोपण हुन सक्यो । उनीहरुले त्यति परसम्म देख्न सके ।

मार्क्सवाद गतिशील विज्ञान भएकाले कुनै पनि देशको तत्कालीन परिस्थितिमा आधारित भएर मात्र लागू हुन सक्छ । मार्क्सवादको त्यो गतिशीलता देख्न नसक्नेहरु, व्यवहारमा आउन नसक्ने सिद्धान्तलाई ‘पण्डितले बेदका ऋचा घोके झैं’ घोक्नेहरु वाम राजनीतिबाट हराएका छन्, हराउँदैछन् ।

रुस, चीन, उत्तर कोरियालगायतका देशमा गरिएका विभिन्न अभ्यासले देखाएको छ– मार्क्सले गरेको त्यो भविश्यवाणी विभिन्न हिसाबले लागू भयो । संसारबाट मार्क्सले परिभाषा गरेजस्तो सर्वहारा वर्गका रुपमा परिवर्तन आए पनि सारमा परिवर्तन आएको छैन । संसारमा शोषण रहेसम्म वर्गीय लडाइँ रहिरहन्छ । विदितै छ, मार्क्सवाद गतिशील विज्ञान भएकाले कुनै पनि देशको तत्कालीन परिस्थितिमा आधारित भएर मात्र लागू हुन सक्छ । मार्क्सवादको त्यो गतिशीलता देख्न नसक्नेहरु, व्यवहारमा आउन नसक्ने सिद्धान्तलाई ‘पण्डितले बेदका ऋचा घोके झैं’ घोक्नेहरु वाम राजनीतिबाट हराएका छन्, हराउँदैछन् । ढुक्कले यसो भन्न सकिन्छ– मार्क्स अहिलेसम्म बाँचेका भए आफ्ना तत्कालीन कतिपय धारणालाई समयसापेक्ष बनाउन (अपग्रेड गर्न) कम्मर कसेर लाग्दाहुन् ! वस्तु–आधारित अर्थव्यवस्थाबाट संसारले ज्ञान–आधारित अर्थव्यवस्थामा फड्को मारिसक्दा विचार चाहिँ जहींको त्यहीं रहनै सक्दैन । निःसन्देह, विचारले फड्को मार्नैपर्छ ।

मार्क्सकै समयमा नेपालमा भानुभक्त कविता लेख्दै थिए । उनले लेखेको कविताको एक हरफ यस्तो छ– ‘हाँस्नु हुँदैन कदापि नारीहरुले बेश्या हुन्या हाँस्तछन्…’ तत्कालीन नेपाली पाठकहरुले त्यस हरफलाई ‘सत्य’ का रुपमा लिए । फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् । नेपाली महिलाले लुकेर वा पछ्यौराले मुख छोपेर हाँसेको हामीले देख्यौं । अब त भानुभक्तको त्यो हरफ केवल ‘हाँस्ने विषय’ मात्र हो । अहिलेसम्म भानुभक्त बाँचेका भए महिलालाई अपमान गरेकामा चोक–चोकमा माफी माग्दै हिँड्दा हुन् ! मार्क्सका समकालीन भानुभक्तको तत्कालीन बुझाइ र लेखाइ शतप्रतिशत असान्दर्भिक भैसकेको छ । मार्क्सको तत्कालीन बुझाइ पनि शतप्रतिशत सही हुने त कुरा भएन । फरक यत्ति हो– मार्क्सले तथ्यहरुको आधारमा वैज्ञानिक विचार निर्माण गरे, वस्तुगत वास्तविकताको आधारमा मानवउपयोगी सिद्धान्तको जग बसाए, कवि भानुभक्तले परम्परागत मान्यताको आधारमा कविता लेखे ।

समाजको तीव्रत्तर विकासका लागि मानवज्ञान, सोचाइ र बानीमा त्यति नै तीव्रत्तर पुनर्ताजगी हुनु अपरिहार्य छ । आफ्ना पछिल्ला पुस्तालाई अप्रासङ्गिक विचारको बोझ दिनुभन्दा, सबै विचारप्रति आलोचनात्मक चेत राख्ने सबैलाई दक्षिणपन्थी, संशोधनवादी वा प्रतिक्रियावादीको बिल्ला भिराउनुभन्दा खुला बहसलाई आमन्त्रण गरेर सही निष्कर्षमा पुग्न सकिन्छ ।

वैचारिक–सैद्धान्तिक मामिलामै सही, एकोहोरोपनले अपेक्षित परिणाम दिँदैन । यस्तो लत वा बानी कहिलेकहीं कति खतरनाक हुन्छ, यहाँ एक प्रसङ्ग हेराैं–

भानुभक्तले लेखेको कविताको एक हरफ यस्तो छ– ‘हाँस्नु हुँदैन कदापि नारीहरुले बेश्या हुन्या हाँस्तछन्…’ फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् । नेपाली महिलाले लुकेर वा पछ्यौराले मुख छोपेर हाँसेको हामीले देख्यौं । अब त भानुभक्तको त्यो हरफ केवल ‘हाँस्ने विषय’ मात्र हो । अहिलेसम्म भानुभक्त बाँचेका भए महिलालाई अपमान गरेकामा चोक–चोकमा माफी माग्दै हिँड्दा हुन् !

अलेक्जेन्ड्रियामा कुनै बखत एउटा ठूलो पुस्तकालयमा आगो लाग्यो । आगोले आधा डढेका पुस्तकहरु यत्रतत्र छरिए । एक जना मानिसले ती डढेका पुस्तक पल्टाउँदै गर्दा एउटा आधा डढेको पुस्तकभित्र एउटा कागजको टुक्रा फेला पर्यो । टुक्रामा लेखिएको थियो– ‘नजिकैको समुद्रको किनारमा हजारौं ढुङ्गा छन्, तीमध्ये एउटा ढुङ्गा अरुभन्दा तातो छ । त्यो भेट्ने मानिसले त्यसउप्रान्त संसारको सबै सुन प्राप्त गर्नेछ ।’

त्यो मानिस भोलिपल्टैदेखि किनाराका चिसा ढुङ्गा टिप्दै, छाम्दै समुद्रमा फाल्न थाल्यो । एक दिनमा सकिने काम थिएन त्यो । दिन–प्रतिदिन ऊ ढुङ्गा फाल्न अभ्यस्त भयो । टिप्दै– फाल्दै, टिप्दै– फाल्दै । अन्तिमतिर उसले भनिएको त्यो तातो ढुङ्गो त भेट्टायो तर त्यो तातो छ कि चिसो छ भन्ने मुख्य कुरा बिर्सियो र पूर्ववत् समुद्रमा फालिदियो । विचरा ! उसको सारा श्रम खेर गयो ।

ठीक त्यसैगरी, समयअनुसार विचार सान्दर्भिक छ कि छैन भनेर छुट्याउने क्षमता सबैमा हुनु आजको ज्वलन्त आवश्यकता हो ।

विचार मानिसका लागि हो, मानिस विचारका लागि होइन । अहिलेसम्म मानवसमुदायले प्राप्त गरेका तमाम प्रगतिशील विचारको मन्थन, समुन्नति र सदुपयोग नभई समाजको अग्रगामी छलाङ् हुन सक्दैन । नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा भीमकाय परिवर्तन भइसकेको सन्दर्भमा त्यसलाई थेग्ने चिन्तन र संस्कृति सर्वत्र अपेक्षित छ ।

मार्क्सवाद एक गतिशील विज्ञान भएकाले त्यसलाई १९औं शताब्दीको विश्व परिस्थितिमा बुझ्न थालियो भने कहिल्यै सही निष्कर्षमा पुगिँदैन । मार्क्सवादलाई देशको धरातलीय यथार्थको कसीमा घोट्न सकियो भने मात्र यसको सिर्जनात्मक प्रयोग हुन सक्छ । मार्क्सवादी हुनु भनेको उहिलेको मार्क्सवादी हुनु होइन, अहिलेको मार्क्सवादी हुनु हो ।

प्रतिकृया दिनुहोस्

Google AdSense

न्युजकोसेलीसँग जोडिन यो पेज लाइक गर्नुहोस्–

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर