newskoseli.Com

सी चिनफिङलाई ट्रम्पले भने– ‘तपाईं त राजा हो’, कारण यस्तो पो रहेछ !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १७ महिनाअघि चीन भ्रमणमा बेइजिङ पुगेका थिए । झन्डै डेढ वर्षअघिको उक्त भ्रमणमा भएको एउटा रमाइलो कुराकानीबारे ट्रम्पले यसै साताको मंगलबार मात्र खुलासा गरेका छन् ।

केही महिनादेखि जारी दुई देशबीचको व्यापार युद्ध अन्त्य गर्न दुई देशका अधिकारीबीच पछिल्लो वार्ता सुरू हुनुभन्दा अघिल्लो दिन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको तारिफ गरेका हुन् । मंगलबार साँझ वासिङ्टनमा आयोजित रिपब्लिकनको फन्डरेजिङको रात्रिभोजमा ट्रम्पले सीसँगको निकट सम्बन्धबारे बताएका हुन् ।

‘राष्ट्रपति सी निकै शक्तिशाली व्यक्ति हुन्, मैले उनलाई तपाईं त राजा हो नि भनें,’ ट्रम्पले उक्त कुराकानी सम्झँदै भने– ‘तर, सीले जवाफ दिए( म त राजा होइन, राष्ट्रपति हुँ ।’ सी जीवनभरि नै राष्ट्रपति हुने भएकाले आफूले राजा नै हो भनेको ट्रम्पले बताए ।

‘त्यो कुरा उनले मन पराए, हामी दुबै एक–अर्कासँग धेरै सहज छौं’– ट्रम्पले भने । यो कुरालाई सीको तारिफसँगै ट्रम्पको व्यंग्य समेत मिसिएको छ । ट्रम्प र सीबीच कुराकानी भएको ४ महिनापछि चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले दुई पटक मात्र राष्ट्रपति हुन पाउने व्यवस्था संविधानबाट हटाइदिएको थियो ।

यो व्यवस्था हटाइएसँगै सीलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने बाटो खुलेको छ । २०१२ मा पहिलो पटक चीनको राष्ट्रपति बनेका सीको दोस्रो कार्यकाल सन् २०२४ मा सकिँदैछ । तर, उनले आफ्नो उत्तराधिकारी तोकेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर