newskoseli.Com

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्–

  • युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि हालसम्म करिव १४,२०० रुसी सैनिक मारिएको युक्रेनी रक्षा मन्त्रालयको दावी छ ।
  • रुसले पहिलो पटक युक्रेनको पश्चिमी सहर लविवस्थित विमानस्थल नजिकै मेन्टेनेन्स प्लान्टमा गरेको हो । रुसको मिसाइलले एयरक्राफ्ट रिपेयर प्लान्टमा हमला गरेको लविवका मेयरले जनाएका छन् । सो हमलामा मानव हताहति भएको कुनै खबर सार्वजनिक भएन ।
  • ब्रिटेनको प्रशारण नियामक ‘अफकम’ ले रुसी समर्थित ब्रोडकास्टर रशिया टुडे (आरटी) को प्रशारण लाइसेन्सलाई ‘तत्काल प्रभाव’ बाट रद्द गरिदिएको छ ।
  • अमेरिका र बेलायतका रक्षा अधिकारीका अनुसार रुसी सेनाले हालै कुनै पनि नयाँ क्षेत्रमा कब्जा गरेको छैन । यी दुई देशका अनुसार रुसी सैनिकको मनोबल खस्किइरहेको छ र सैन्य आपूर्तिमा बाधा बढ्दै गइरहेको छ ।
  • युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खारकिभमा गोलीबारी जारी छ । तर, युक्रेनका सैनिक यथास्थानमा कायमै छन् ।
  • पोल्याण्डको बोर्डर गार्ड एजेन्सीका अनुसार युद्ध सुरु भएपछि लगभग २० लाख जनता युक्रेनबाट निस्किएर पोल्याण्ड पुगिसकेका छन् ।
  • स्थानीय अधिकारीहरुका अनुसार दक्षिणपूर्वी सहर मारियुपालेमा रुसी सेनाको भारी हमला भएको छ । करिव ३० हजार नागरिक सो सहरबाट बाहिरिन सफल भएका छन् ।
  • जीवित बाहिर निस्किएकाहरु मारियुपोलको थियटरबाट निस्किएको बताइँदैछ । युक्रेनका अनुसार यो थियटरमा रुसले बमबारी गरेको थियो । बमबारीका बेला एक हजारदेखि १२ सय जनाले यहाँ शरण लिएका थिए ।
  • अधिकारीहरुका अनुसार राति किभबाट एक हजारभन्दा बढी युक्रेनी जनतालाई बाहिर निकालिएको छ । उनीहरुलाई बस र कारमार्फत् लगिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर