newskoseli.Com

सत्ताकब्जाको सन्निकट तालिबान : अफगानी राष्ट्रपति–उपराष्ट्रपतिले देश छाडे

विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् ।

सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अधिकारीहरूबीच वार्ता चलिरहेको खबर आइरहेका बेला तालिबानले धम्की दिएको भन्दै राष्ट्रपति–उपराष्ट्रपतिले देश छाडेको खबर अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले प्रशारण गरेको छ ।

पछिल्लो १० दिनयता अफगानिस्तानका धेरैजसो सहरमाथि तालिवानले आफ्नो नियन्त्रण कायम गरेको छ । राजधानी सहर काबुललार्य चौतर्फी घेराबन्दी गरिसके तापनि सकेसम्म वार्ताबाटै विनारक्तपात सत्ता प्राप्त गर्ने भन्दै तालिबानले राजधानीमा आक्रमण गरेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर