newskoseli.Com

पाकिस्तानमा भयानक हवाई दुर्घटना, ९७ को मृत्यु (सीसीटीभी भिडियोसहित)

पाकिस्तानको कराँचीमा शुक्रबार एउटा यात्रुवाहक विमान सहरी वस्तीमाथि नै भयानकरुपले दुर्घटना भयो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको ए ३२० एयरबस विमान लाहोरबाट कराँचीका लागि उडेको थियो ।

सो विमानमा ९९ जना सवार थिए । तीमध्ये ९७ जनाको मृत्यु भएको र २ जना बाँच्न सफल भएको खबर सिन्धका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डन डटकमले प्रकाशित गरेको छ । उक्त दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भको छ । उक्त विमान विमानस्थलमा ल्यान्ड हुनुअघि आवासीय​ क्षेत्रमा खसेको सीसीटीभी फुटेजमा देखिन्न्छ ।

बीबीसी उर्दूका जिशान हैदरले उक्त सीसीटीभी फुटेजलाई ट्विट गरेका छन् । उक्त विमानको इन्जिनमा आगो लागेको नदेखिएको जिशानले ट्विटमा बताएका छन् । लाहोरबाट कराँची पुगेपछि विमानस्थलमा अवतरण गर्नुभन्दा ठीक अघि सो विमान जिन्नाह गार्डेन मोडल कोलोनी भन्ने आवासीय क्षेत्रमा खसेको थियो । सो स्थान विमानस्थलबाट मात्र ३.२ किलोमिटर मात्र टाढा छ ।

दुर्घटनाअघि विमान चालकले इन्जिन खराब भएको भन्दै विपत्तिको संकेत ‘मेडे’ जारी गरेका थिए । पाइलटले ट्राफिक कन्ट्रोलरलाई विमानमा प्राविधिक समस्या आएको जानकारी गराएको पीआईएका मुख्य अधिकारी एयर भाइस मार्सल अरशद मलिकले बताए । विमानका दुवै इन्जिनले काम गर्न छाडेको भन्दै दुर्घटनाको ठीक अघि पाइलटले ‘मेडे मेडे मेडे’ भनेको लाइभएटीसी डटनेटमा पोस्ट गरिएको एटीसीको रेकर्डिङमा सुन्न सकिन्छ ।

दुर्घटनाकाे दृश्य हेर्नाेस् तलकाे सीसीटीभी भिडियाेमा–

थप जानकारीका लागि याे भिडियाे हेर्नाेस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर