newskoseli.Com

कोरोनाबाट पाकिस्तानी मन्त्रीको मृत्यु : ७२ हजार संक्रमित, १५५३ को मृत्यु

पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार उपचारकै क्रममा अस्पतालमा मन्त्री बलोचको मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्ष समेत हुन् । उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । पाकिस्तानमा अहिलेसम्म ७२ हजार संक्रमित भएका छन् भने १ हजार ५ सय ५३ को मृत्यु भइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर