newskoseli.Com

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प–बाइडेन, कसले जित्दै ? रिजल्टमा किन हुँदैछ ढिलाइ ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

चुनावअघि गरिएका धेरैजसो सर्वेक्षणमा बाइडेन अगाडि देखिए । मतगणना भइरहँदा ट्रम्पले जित्ने विश्लेषण पनि सुनिन थालिएको छ । यद्यपि अन्तिम मतपरिणाम आइनसक्दासम्म यसै भन्न सकिँदैन ।

त्यसो त २०१६ को चुनावअघि पनि ट्रम्पले जित्ने आंकलन र विश्लेषण सायदैले गरेका थिए । परीणाम आउँदा अनपेक्षित रुपमा ट्रम्पले नै जित्ने सम्भावना प्रबल देखियाे । तर, राजनीतिक विश्लेषकहरु के भन्छन् भने यहाँको राजनीतिक अवस्था २०१६ को भन्दा धेरै हिसाबले फरक छ ।

बीबीसीका अनुसार यसपटक शताब्दिकै सर्वाधिक संख्यामा मतदाताहरु सहभागी छन् । अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको अवस्थामा बाइडेन अगाडि रहेको बताइएको छ । यसपटक १० करोड हाराहारी मतदाताले हुलाक मार्फत भोट खसाले ।

यद्यपि रणमैदान भनिएका केही राज्यको भोटले नै अबको राष्ट्रपति को बन्ला भन्ने कुरा निर्धारण गर्ने बताइन्छ । झण्डै एक दर्जन राज्यबाट कस्तो भोट कसलाई गयो भन्ने कुराले नै परीणाम प्रभावित हुने छ । त्यसैले पनि दुबै उम्मेदवारले धेरैजसो चुनावी अभियान तिनै राज्यमा केन्द्रित बनाए ।

यस्तै फ्लोरिडा राज्यमा ट्रम्पविरुद्ध ठूलो नारावाजी र प्रदर्शन भएको छ । यस्तै राजधानी वासिंटन डिसीका सडकमा ट्रम्प विरोधी प्रदर्शन भइरहेका छन् । ह्वाइटहाउस अगाडि समेत सडक अवरुद्ध हुनुका साथै केही बेर तनाब नै भएको थियो । यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

अरु केही राज्यमा पनि विरोध प्रदर्शन भएका छन् । हुलाकबाट पनि ठूलो संख्याले मतदान गरेकाले अन्तिम परीणाम आउन अरु केही दिन लाग्ने बताइएको छ । हुलाकबाट मतदान गर्ने कुराको ट्रम्पले सुरुदेखि नै विरोध गर्दैआएकाले हुलाकको मतदानमा उनी पछि पर्नसक्ने आंकलन गरिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफूहरूको जित हुन लागेको दाबी गरे । रातको साढे २ बजे भाषण गर्दै बाइडेनले धाँधली गरेको भन्दै आफूहरु अदालतमा जाने चेतावनी दिएका छन् । उनले जितको नजिक पुगिरहँदा ठूलो ठगी भएको भन्दै मतगणना नै रोक्नुपर्ने बताएका थिए ।

किन ढिलाइ भइरहेछ परिणाम ?

मतदान सम्पन्न भएको घण्टौँ भइसक्दा पनि राष्ट्रपतिको रुपमा कसले बाजी मार्ला भन्ने यकिन गर्न कठिन नै छ । अघिल्ला निर्वाचन भन्दा यसपटकको निर्वाचन फरक किन पनि छ भने यसपटक कोरोना महामारीका कारण थुप्रै मतदाताले हुलाक मार्फत भोट दिए ।

हुलाकबाट खसालिएको मत गणना गर्न केही ढिला हुने भएकाले पनि अन्तिम परीणामका लागि केही दिन पर्खनुपर्ने बताइएको छ । नत्र अघिल्ला चुनावमा यतिन्जेलसम्म परीणाम आइसकेको हुन्थ्यो ।

अमेरिकामा व्यक्तिगत मतका आधारमा नभएर इलेक्टोरल कलेज भोटका आधारमा राष्ट्रपति निर्वाचित हुने प्रावधान छ । जुन इलेक्टोरल कलेज भोट चाहिँ सामान्यत: जनसंख्याका आधारमा तय गरिन्छ । यसरी राष्ट्रपतिमा निर्वाचित हुन ५ सय ३८ इलेक्टोरल कलेज भोटमध्ये २ सय ७० भोट आवस्यक पर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर