newskoseli.Com

सबै माओवादीले छाडे प्रगतिशील लेखक संघ (विप्लवनिकट स्रष्टाहरुको विज्ञप्तिसहित)

नेपालका सम्पूर्ण ‘वाम’ पक्षधर लेखक–साहित्यकारहरुको साझा मोर्चा रहँदै आएको प्रगतिशील लेखक संघ (प्रलेस) बाट ‘माओवाद’ र ‘माओ विचारधारा’ मा आस्थावान् लेखक–साहित्यकारहरुले सम्बन्ध–विच्छेद गरेका छन् ।

नेपालमा मूलतः माले स्कुलिङबाट आएको एमाले र चौथो महाधिवेशन (चौम) स्कुलिङबाट आएको माओवादी धाराले कम्युनिस्ट आन्दोलनको नेतृत्व र प्रतिनिधित्व गर्दै आएका थिए । यसबीच माओवादीको एउटा पक्ष र एमालेबीच पार्टी एकता भएर सत्ताधारी नेकपा बनेको छ । त्यसैगरी, एमालेसँग एकतालाई लल्कादै बेग्लै आन्दोलनको प्रयास गरिरहेका मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका माओवादी घटकहरुसँग विगतको माओवादी आन्दोलनमा नजोडिएका तर ‘माओ विचारधारा’ मान्दै आएका मोहनविक्रम सिंह नेतृत्वको मसाल, रामसिंह–परी थापा नेतृत्वको एकीकृत, ऋषि कट्टेल नेतृत्वको नेकपालगायतबीच अहिले एकता र मोर्चाबन्दी बढ्दै गएको छ ।

यसै राजनीतिक पृष्ठभूमिमा मूलतः सत्ताइतर ‘वाम’ हरुले प्रगतिशील लेखक संघसँग सम्बन्ध–विच्छेद गरेका हुन् । प्रलेसको ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैद्य माओवादी, मसाल र अरु ‘वाम’ निकट ३८ लेखक–साहित्यकारहरुले उक्त संस्थासँग सम्बन्ध–विच्छेदको घोषणा गरेका थिए । यसैबीच, एक–दुई दिन अघिसम्म मात्रै पनि प्रलेसभित्रै बसेर वैचारिक संघर्षको प्रयास गर्ने बताउँदै त्यसैलाई निरन्तरता दिने प्रयासमा रहेका विप्लव नेतृत्वको नेकपासम्बद्ध लेखक–साहित्यकारहरुले बुधबार फेरि प्रलेससँग सम्बन्ध–विच्छेदको घाेषणा गरिदिए ।

यसरी अब प्रलेस ‘माओवाद’ र ‘माओ विचारधारा’ प्रति आस्थावान् लेखक–साहितयकारहरुले पूर्ण रुपमा छाडिदिएका छन् । र, यो संस्था अब सत्तापक्षीय ‘वाम’ विचारधाराका लेखक–साहित्यकारहरुको एकलौटी संस्थामा सीमित हुन पुगेको छ ।

यस्तो छ विप्लवनिकट स्रष्टाहरुको बुधबार प्रकाशित विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर