newskoseli.Com

सूर्यमा पर्‍यो प्वाल : पृथ्वीलाई खतरा हुन सक्ने ‘नासा’ को चेतावनी !

सूर्यमा प्वाल देखिएको दाबी वैज्ञानिकहरुले गरेका छन् । सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने चेतावनी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय संस्था ‘नासा’ ले दिइसकेको बताइएको छ ।

सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको भन्दै त्यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याँक्न सक्ने चेतावनी ‘नासा’ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमरुले जनाएका छन् । डेली मेलका अनुसार सूर्यको उक्त प्वालले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्न सक्ने, केही दिनसम्म पृथ्वीमा पूरै अन्धकार (ब्ल्याक–आउट) हुन सक्ने र भूउपग्रहीय सञ्चार प्रणाली नै ध्वस्त हुन सक्नेसम्मको चेतावनी वैज्ञानिकहरुले दिएका छन् । ‘स्पेस डटकम’ ले गत वर्ष पनि यस्तै खाले समाचार सम्प्रेषण गरेको थियो ।

सूर्यास्तको समयमा वैज्ञानिकहरुले खिँचेको तस्बिर ‘एआर– २६६५’ का अनुसार १ लाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र पृथ्वीभन्दा ठूलो रहेको बताइएको छ । उक्त छिद्रबाट खतरनाक ‘एम–क्लास’ का सौर्य ज्वालाहरु उत्पादन गर्न सक्ने बताउँदै पृथ्वीमा ‘रेडियो ब्ल्याक–आउट’ उत्पन्न भएर विकिरण तुफान आउन सक्ने भन्दै ‘उच्च सर्तकता अपनाउन’ वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

यस क्रममा पृथ्वीको सञ्चार प्रणाली नै ध्वस्त हुन सक्ने वैज्ञानिकहरुको प्रारम्भिक अनुमान छ । सूर्यमा रहेको उक्त विशाल कालो छिद्र ‘नासा सौर्य गतिशील वेधशाला’ ले गतहप्ता मात्रै पत्ता लगाएको ‘नासा’ ले जनाएको छ । नासामा संग्रहित उक्त तस्बिरमा सो कालो छिद्र एकदमै गहिरो देखिएको छ । सूर्यभित्रको त्यस क्षेत्रलाई ‘सूर्यको चिस्यान क्षेत्र’ (कुलर एरिया) मानिएको छ । सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तर्क्रियात्मक गतिविधिका कारण त्यस्तो छिद्र निर्माण भएको वैज्ञानिकहरुको दावी छ ।

सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण अहिले उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट बिस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरिको सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्ने र त्यसको असर सौर्यमण्डलभर देखापर्ने ‘नासा’ को भनाइ छ ।

नासाद्वारा जारी वक्तव्यमा लेखिएको छ– ‘नयाँ ‘सनस्पट’ समूहका दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ । दुई दिनको अन्तरालमा खिँचिएका दृश्यहरुमा एउटामा मात्र ‘सनस्पट’ समूह देखा परेको छ । हुन सक्छ, यो सूर्यको केही सौर्य वर्षाका लागि यस्तो देखिएको हो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर