newskoseli.Com

वैद्य, विप्लव, मसाल, बाबुराम र मधेसीनिकट पत्रकारहरु संयुक्त ‘प्रतिरोध’ मा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह–चित्रबहादुर केसी नेतृत्वको नेकपा (मसाल), बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति (हाल समाजवादी) र मधेसवादी शक्तिनिकट गरी ५ पत्रकार संगठनहरु संयुक्त ‘प्रतिरोध’ मा उत्रिएका छन् ।

‘वामपन्थी’ भनिएको वर्तमान सरकारले हालै ल्याएको पञ्चायती कालरात्रिलाई माथ गर्ने खाले प्रतिगामी ‘मिडिया काउन्सिल विधेयक’ का विरुद्ध पाँच पत्रकार संगठन एक ठाउँमा उभिएका हुन् । क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार नेपालले ‘संयुक्त पत्रकार संघर्ष समिति’ बनाएर सो विधेयकविरुद्ध संयुक्त रुपमा आन्दोलन चर्काउने उदघोष गरेका छन् ।

ती संगठनहरुले शनिबार राजधानीमा आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको प्रश्न’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने सबै वक्ताहरुले प्रस्तावित विधेयकको चर्को विरोध गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, महासंघका अध्यक्ष इन्द्र राउत, संगठनका अध्यक्ष प्रकाश डुम्रेलगायतले सम्बोधन गरे । कार्यक्रममा केही दिनअघि प्रहरीले हिरासतमा लिएर हालै मुक्त भएका पत्रकार जितेन्द्र महर्जनलाई खादा ओढाएर सम्मान समेत गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर